बीरगंज १ असोज ।
सशस्त्र प्रहरी भन्सार गुल्मबाट खटिएको टोलीले अवैध रुपमा रक्सौलबाट ल्याई रहेको अवस्थामा भारतीय लत्ताकपडा तथा मोटरपार्टस बरामद गरेको छ । राजस्व गस्ती टोलीले १ लाख ७९ हजार २ सय रुपैया बराबरको लत्ताकपडा र मोटरपार्टस बरामद गरी आजै बीरगंज भन्सार कार्यालय पर्सामा दाखिला गराएको राजस्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताउनु भयो । यसैगरी नियमित चेकजाँचको क्रममा अवैध लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । वीरगंज भन्सार कार्यालयको पछाडीको बाटो भई रक्सौलबाट वीरगंज तर्फ आउदै गर्दा रौतहट चन्द्रपुर नगरपािलका वडा नम्बर ४ बस्ने १८ बर्षिय रन्जन परियार र १८ बर्षिय दिपेश परियारको साथबाट नर्फिन, डाईजोल्याव, फेनारगन २७ पिस बरामद गरेको छ । पक्राउ परेकालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय