बीरगंज २ चैत्र ।
वीरगंज कारागारमा रहेका कैदीबन्दीहरुको लागि सीप बिकास मार्फत स्वरोजगार प्रवर्द्वनमा सहयोग पुर्याउन उद्देश्यले घरेलु तथा साना उद्योग कार्यलयको सहयोगमा आजबाट कैदी बन्दीहरुका लागि एक महिने हाउस वेरिङ तथा ब्युटिशियन तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै कारागारका प्रमुख श्रवण कुमार पोखरेलले कारागार भित्र तालिम दिएर कैदी बन्दीलाई स्वरोजगार बनाउन घरेलुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । यसैविच कारागारका कैदी बन्दीलाई चिसो पानी खुवाउने उद्देश्यले कारागार भित्र शम्भु शरण कलवारले दुइ थान वाटर कुलर जडान गर्नु भएको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय