वीरगंज २३ चैत । वीरगंजमा पनि कोरोना परिक्षणको व्यवस्था मिलाउन राष्ट्रिय जनता पार्टी (राजपा) वीरगंज महानगर कमिटीले माग गरेको छ ।
राजपा वीरगंज महानगरका अध्यक्ष ओमप्रकाश सरार्फले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल कै मुख्य प्रवेशद्वारको रुपमा परिचीत वीरगन्जमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै संघ र प्रदेश सरकारसंग वीरगन्जमा पिसिआर एवं दक्ष प्राबिधिक परिक्षणको सुबिधा तत्काल स्थापना गरि परिक्षणको ब्यवस्थापन गर्न जोडदार माग गर्नु भएको हो । सरार्फद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा वीरगन्ज मध्य तराईको केन्द्र हुनुको साथ साथै यस क्षेत्रको मेडिकल हबको रुपमा पनि रहेको छ । बारा ,पर्सा,रौतहट, सर्लाही लगायतका जिल्लाहरुबाट यहा“ अत्याधिक बिरामीहरुको चाप रहेको हु“दा यहा“ कोरोना(कोविड) १९) परिक्षणको ब्यवस्थापन नहुनु दुर्भाग्यपूर्ण रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उहांले यसका साथै चिकित्सक, स्वास्थकर्मीहरुलाई सुरक्षा समाग्री र बिशेष सुबिधा उपलब्ध गराउन समेत माग गर्नु भएको छ । सरार्फले प्रेस विज्ञप्ती मार्फत दैनिकी ज्यालादारी गर्ने, अति बिपन्नलाई पहिचान गरि राहत उपलब्ध गराउन र आम जनताको लागी होम डिलेभरिको ब्यवस्थापन गर्न तथा खाद्यान्न समाग्री, तरकारी अत्यावश्यक बस्तु लगायतका ओसारपोसारको सहज वातावरण मिलाउन पनि सरोकारवालालाई ध्यानाकर्षण गराउनु भएको छ ।
यस्तै सरार्फले महामारीको कारणले नेपाल पनि प्रभावित भएको छ, कोभिड १९ को लडाइमा नेपालमा बिगत १३ दिन देखी लकडाउन रहेको छ । यो महामारीको विरुद्धमा सबै पक्ष मिलिजुली लडनुको विकल्प छैन । सरसफाइ, सतर्कता, संयमता र भौतिक समाजिक दुरि कायम नै यो रोगबाट बच्ने उतम उपाय रहेकोले सबैलाई यो दायित्व पूरा गर्न अनुरोध समेत गर्नु भएको छ ।

यसका साथै सरार्फले किसानहरुको बालिको लागी चाहिने मल, बीउ बिजन, कृषी औषधिको सहज उपलब्धता तथा बाली भित्र्याउन डिजेल, इन्धन एवं खेतीपाती गर्ने सहज र निर्वाद ब्यवस्थापनको लागी माग गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय