बिरगंज २१ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चबाट सई प्रकाश रावतलाई निकालिएको छ । तस्कर गिरोह संग सामिप्यता रहेको देखिएपछि उनलाई क्राइम ब्रान्चबाट आउट गरिएको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ । रावत इन्चार्ज रहेको सबै टोलीलाई नै क्राइमबाट अन्यत्र पठाइएको तथा तस्कर संगको मिलोमतोबारे सोधपुछ समेत गरिएको छ ।
दशै अगाडी देखी नै अलौबाट संस्थागत रुपमा तस्करी गराई विचौलियाहरुबाट रकम उठाउन लगाएको तथ्यहरु प्रकाशमा आएपछि रावत सहित पुरै टिमलाई क्राइमबाट आउट गरिएको श्रोतको दाबी छ ।
रावतलाई जिम्मेवारी मुक्तगरि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । त्यसैगरि क्राईममा रहेका प्रहरी हवलदार प्रमा पटेललाई श्रीपुर वडा प्रहरी कार्यालय , सफर्रोज आलमलाई बारा जिल्ला प्रहरी कार्यालय , प्रहरी जवान नवीन पाललाई वडा प्रहरी कार्यालय विर्ता , प्रहरी जवान सुरेश न्यौपानेलाई इलाका प्रहरी कार्यालय पोखरिया , प्रहरी जवान लालबाबु साहलाई ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीमा पठाइएको छ । पर्साको क्राईममा बस्दै आएका अधिकांशको दरबन्दी पर्सामा छैन । रकमी चलखेलको अधारमा उनीहरु काज सरुवा गरि निरंतर पर्साको क्राईममा बस्दै आएका थिए ।
विभिन्न घटना प्रकाशमा आएपछि जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख एसपी गंगा पन्तले रावत सहित क्राईम ब्रान्चमा रहेका सबैलाई आउट गरेकी हुन । ड्राइपोर्ट सिर्सिया प्रहरी चौकीमा इन्चार्ज हुदा तस्कर संग रकम बुझेको गुनासोपछि जिल्ला तानिएका सई रावत डेढ महिना अगाडी क्राईमको इन्चार्ज भए । रावत क्राईमबाट तानिएपछि पर्साको अलौ र कोनियाका केहि तस्करहरुमा रुवावासी चलेको छ । तस्करी गराउन रावतले अलौका तस्करहरु संग मोटो रकम हात पारेका थिए । रावतले रकमबुझी तस्करलाई संरक्षण गरेको
खुलासा भएपछि माथिल्लो प्रहरी टोलीहरु निगरानीकोलागि आउदा तस्करलाई पूर्व रावतले पहिला नै जानकारी गराउदै आएका थिए । पर्सा क्राईमको तस्कर संगको सहकार्यको विभिन्न कांल रेकर्ड तथा प्रमाणहरु फेला परेका छन । क्राईमले रकम बुझने र अर्को टोली गएर मालसमान समाते पछि रावतले रकम बुझेको आधा दर्जन घटना प्रकाशमा आएका छन । रावतले आफै रकम नबुझी अलौका केहि युवालाई आफनो अघोषित घुमवा खटाई तस्करहरु बाट रकम बुझने गरेका थिए । यस अनलाइनले तस्कर संग क्राईमको मिलोमतो बारे समाचार संप्रेषण गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय