बीरगंज ।
पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा ग्रामिण क्षेत्रका हजारौं सेवाग्राही उपचार सेवाबाट बञ्चित भएका छन् । अस्पताल विकास समितिले एकातिर अस्पताल व्यवस्थापनमा चासो दिएको छैन भने अर्कोतिर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवको लापरवाहीका कारण अस्पताल अहिले स्वास्थ्य चौकीजस्तै सञ्चालन भइरहेको छ । आवश्यक दक्ष जनशक्ति हुँदा पनि बिरामीहरूले अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवा पाउन सकेका छैनन् । अस्पतालमा ६ जना चिकित्सक छन्, उनीहरूले दैनिक सेवा दिनुपर्नेमा ६ दिनको लागि आलोपालो ड्युटी मिलाएर आउने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादव लगायत डा विनयकुमार यादव, डा सञ्जय गुप्ता, डा दीपेन्द्र मण्डल, डा मृगेन्द्रसिंह यादव, डा सुरेन्द्र यादव गरी ६ जना चिकित्सक अस्पतालमा नियुक्त रहेका छन् । त्यसैगरी दुईजना स्टाफ नर्स, सरकारबाट दुईजना अहेब र अस्पताल विकास समितिबाट पाँचजना अहेब तथा सरकारबाट दुईजना अनमी र अस्पताल विकास समितिबाट पाँचजना अनमी गरी कार्यालय सहयोगीको दरबन्दी रहेको छ । पोखरीया अस्पतालमा अहिले आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी हुँदा पनि एक दिनमा एकजना चिकित्सकले मात्र चेकजाँच गर्दा बिरामीहरू घण्टौंसम्म पालो पर्खनुपर्ने तथा अनुभवी चिकित्सक नआएको दिन नयाँ चिकित्सकबाट राम्रो उपचार नपाउने गरेको बिरामीहरूको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय