वीरगंज १५ गते
सशस्त्र प्रहरी निरीक्षक अाएको दिन देखिनै गाऊको स्थानियहरुलाई अनावशयक रुपमा साना साना किराना पसलहरुको सामान पक्राउ गरि अाफु ईमन्दार रहेको दाबि गरेर हिडदै गरेको र रातिको समयमा गाई , भैसी तस्करहरु संग मोटो रकम असुली गरि रातिको समयमा व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल बिअोपी अलौका सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीले अाएको दिन देखिनै तस्करहरु संग मोटो रकमको लिनको लागि गाई, भैसीहरु पटकपटक पक्राउ गरि तस्करहरुलाई त्रसित बनाई अहिले मोटो रकम लिएर तस्करीको लाईन दिएको स्थानियहरुले बताएका छन्।
सशस्त्र प्रहरी बिअोपी अलौको पटकपटक तस्करी भईरहेको समाचार अाएपछि तत्कालीन सशस्त्र प्रहरी बिअोपी अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अधिकारीलाई डिअाईजी चन्द्रप्रकाश गौतमले ४० नम्बर गणमा तान्नी उनको साटोमा अाफ्नो नजिकैको रहेको सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीलाई तस्करीमा कडाई गर्नेको लागि सशस्त्र प्रहरी बिअोपी अलौका प्रमुखको जिम्मेवारी दिएर पैठाएका हुन्।
केही दिन पनि नबित्दा पनि सशस्त्र प्रहरी बल बिअोपी अलौका प्रमुख बिष्णु अधिकारीले अाफु सशस्त्र प्रहरी दुई नम्बर प्रदेश प्रमुख एवम डिअाईजी चन्द्र प्रकाश गौतमको बिश्वास पात्र रहेको भन्दै भैसी व्यापारी फारुक संग अाफ्नो भागमा २५ हजार र डिअाईजी साहेबको भागमा मोटो रकम लिएर तस्करीको लाईन दिएको नाम नछाप्रने सर्तमा एक तस्करले यश अनलाईनलाई बताएको छ।
त्यसैगरी अर्का ठुलो भैसी व्यापारी नुरैन, इसलाम , महादेव यादब, अोझिर संग डिअाईजीको नजिकको ईन्सपेकटर हो भन्नेर मोटो रकम असुली गरि रातिको समयमा भैसीको लाईन दिएको प्रत्यक्षदर्शीले बताएका छन्।
वीरगंज महानगरपालिका वडा नम्बर १७ का स्थानिय बसिन्दाहरुले हाम्रो गाऊमा बसेर सशस्त्र प्रहरीले रातिको समयमा खुलियाम रुपले तस्करी गराएपनि हाम्रो छिमेकी मुलुक भारत संग बेटी रोटीको सम्बन्ध भएपनि हामिले अाफ्नो संबन्ध भएको ठाऊवाट चामल , अालु , साना साना किराना लिएर अाउदा सामनहरु पक्राउ गरि गरिब निमुखा जनतालाई मात्र दु: ख दिएको यश अनलाईन संग गुनासो पोखेका छन्।
केही दिन पहिला सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बेलुका भैसी समातेर तस्करहरु संग ३५००० हजार रुपैया लिएर छोडेको कुरा अहिले व्यापक रुपमा चर्चाको बिषय बनेको छ।
सशस्त्र प्रहरी निरीक्षक अधीकारीले अलौ , कोन्हिया नाकावाट प्रत्येक भैसी र गाई संग २५०० सय रुपैया दरले लिदै अाईरहेको एक भैसी व्यापारीले बताएका छन्।
सशस्त्र प्रहरी २ नम्बर प्रदेश प्रमुख एवम डिअाईजी चन्द्र प्रकाश गौतमले अाफु ईमन्दार रहेको दाबि गरेपनि उनको निकट रहेका सशस्त्र प्रहरी निरीक्षक अधिकारीले उनका नाऊमा लाखौं रुपैया तस्करहरु संग असुली गरेरहेको भए पनि अाखाँ मा पट्टी बानेर बसेको हुनाले उहाँ माथि पनि शंकाको बिषय बनेको छ।समयमे समबन्धित नकायको ध्यान जान अावशयक देखिएको छ।
यस्ता अधिकारीहरुको कारणले गर्दा तस्कर समुहहरुले भारत वाट नेपाल र नेपालवाट भारत तर्फ अवैध सामानहरु भित्रयाई दिन्हु ५० लाखौं रुपैयाको राजशव छलि भईरहेको छ।अाफु ईमानदार भएको दाबि गर्दे अाउनुभएको सशस्त्र प्रहरी २ प्रदेश प्रमुख गौतमले यस्ता भ्रष्ट अधिकारीलाई कहिले सम्म कार्यबाहि गर्नुहुन्छ हेर्ने बाकि रहेको छ।