बिरगंज २८ असोज ।
बीरगंज भन्सार कार्यालयमा राजश्व चुहावट नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका डिएसपी चडेको गाडी रोकेर चेकजांच गर्दा अपमानित भएर सरुवा हुनु परेको छ ।

अख्तियार दरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडामा कार्यरत नेपाल प्रहरीका प्रहरि नायब उपरीक्षक प्रेम सागर केसी सिमापार बुधबार भारतिय शहर रक्सौलबाट मालसामान खरिद गरी फर्कदै गर्दा डिएसपी चडेको गाडीलाई बीरगंज भन्सारको मुल गेटमा खटिएका सशस्त्र प्रहरीले रोकेर चेकजांच गर्न खोज्दा डिएसपी केसीले सशस्त्र प्रहरीलाई आफु अख्तियारको डिएसपी भएको धाक देखाउदै तथानाम गाली गरेका थिए ।

सशस्त्र प्रहरीको डिप्टी कमाण्डर समेत रहेका सशस्त्र प्रहरी नायव निरिक्षक सोम परियारले डिएसपी केसीको परिचय पाए पछी मौन बसेका थिए ।

अवस्था त्यतिमा मात्र सिमित रहेन घटनाको भोली पटक सप्रनानी परियारको अन्यत्र सरुवा भयो डिएसपी केसीले आफ्नो पदको दरुपयोग गर्दै सशस्त्र प्रहरीको नेतृत्वलाई दवाव दिएर परियारको सरुवा गर्न लगाएका छन ।

आफै अख्तियारको दरुपयोग गर्ने माथी कारवाही गर्ने निकायमा कार्यरत डिएसपी केसीले आफैले अख्तियारको दुरुपयोqग गरी आफ्नो कर्तब्य निरभाह गरिरहेका सशस्त्र प्रहरीका सप्रनानि परियारको सरुवा गराएर खुवै ठुलो इमानदारी देखाएका छन । यस तर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय