वीरगञ्ज १ कार्तिक ।
नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् ।
एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन आग्रह गर्दै एमालेका नेता कार्यकर्ताहरु जनताको घरदैलोमै पुगिरहेका छन् ।
पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा मङगलबार प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवसंगै प्रदेशसभा सदस्यका एमाले उम्मेदवार विचारी यादवले रोड शो गर्दै मतदाताको घरदैलोमा पुगेर यादवलाइ अत्याधिक मतले विजयी बनाउन आग्र गरे । एमाले नेता एंव उम्मेदवार विचारी यादवसंगै रहेका एमालेका नेता कार्यकर्ताले पनि प्रदीप यादवको पक्षमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् ।
जसपा एमाले गठबन्धनले मङगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली र नयका टोला, वडा नम्बर १४ पिपरा, बहुअरी र वडा नम्बर १८ सुखचैना र लीपनीवीर्तामा रोड शो गरेको हो ।
रोड शो का क्रममा मतदाताको घरदैलोमा पुगेका दुवै उम्मेदवारले जसपा–एमालेको पबित्र गठबन्धप्रति स्थानीय जनताले दर्शाएको आत्मियता र समर्थनले आफुहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । उनिहरुले मधेस र समग्र देशको हितमा यो चुनावी गठबन्धन बनेको यथार्थ जनताले बुझिसकेकाले आसन्न निर्वाचनमा आफुहरुकोे जित सुनिश्चित हुदै गएको पन जिकिर गरे ।
मतदातासंगको भेटघाटका क्रममा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार विचारी यादवले पर्सा १ को समृद्धिका लागि फेरि पनि एक पटक सांसदमा प्रदीप यादवलाई जिताउन आवश्यक रहेको बताए । उनले जनताको हरेक सुखदुखमा प्रदीप यादव साथमा रहदै आएको भन्दै काम गर्ने नेतालाई जनताले जिताउनेमा आफु ढुक्क रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय