राम कुशवाहा वीरगञ्ज,२ कार्तिक । सिमा प्रहरी चौकी इनरवाले शन्कराचार्य गेट नजिकबाट ५ किलो अवैध लागू औषध गाजा सहित एक महिलालाइ पकाउ गरेको छ ।

पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा न १३ कि बिधा देबि तिवारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिबन्धित लागू औषध बोकि बिरगंजबाट रक्सौल तर्फ जाँदै गरेको अवस्थामा शंकराचार्य गेटमा डियुटीमा रहेको प्रहरीले शंका लागि चेकजाँच गर्दा ५ किलो गाजा फेला परेपछि निज महिलालाइ नियन्त्रणमा लिएको इनर्वा प्रहरी चौकीका इन्चार्ज बरिस्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिबन्धित लागू औषध गाजा सहित पक्राउ परेकी महिलालाइ आवश्यक कार्यवाहिका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इनर्वा प्रहरी चौकीका इन्चार्ज बरिस्ठ सइ कार्किले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय