वीरगन्ज– जनयुद्ध कालदेखि नेकपा माओवादीसँग आवद्ध रहेका युवाहरुको एउटा ठूलो समूह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ का धर्मनाथ कुशवाहा र कृष्ण कुशवाहाको नेतृत्वमा दुई दर्जनभन्दा बढी युवाहरुलाई पूर्व मन्त्री तथा पर्सा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवले खादा र टिका लगाएर जसपामा स्वागत गरेका छन् ।युवाहरुको प्रवेशले पार्टी थप शक्तिशाली भएको यादवले बताए । युवाहरुको प्रथम रोजाईमा जसपा पर्ने कुरा स्पष्ट भएको नेताहरुले बताएका छन् । संघीयता, सुशासन र न्यायको पक्षधर जसपा प्रति आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय