बिरगंज । महिला सम्पादक/प्रकाशकले प्रेस काउन्सिल समक्ष पाँच बुँदे माग राखेका छन् । उनीहरूले विविध चुनौतीकाबीच पत्रकारितामा सक्रिय महिलाहरूले भोग्नु परेका पेसागत समस्या सम्बोधनको माग राख्दै बुधबार काउन्सिल समक्ष ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।नवीन सन्देश मासिकका सम्पादक कल्पना शर्मा, नेपाली सरोकार मासिकका सम्पादक रमा वली र पूर्ण मासिकका सम्पादक सम्झना वनले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ध्यानाकर्षण बुझाएका छन् । हुबहु सम्बन्धमा, वर्गीकरण समस्या, २० वर्ष पत्रकारितामा सक्रिय महिलालाई पेन्सनको व्यवस्था लगायतका माग उनीहरूले राखेका हुन् ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको सहभागिता रहेको थियो । यसै क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलाकाे समस्याका बारेमा काउन्सिल गम्भीर भएकाे जानकारी दिनुभयाे । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेलले पत्रकार महिलाका समस्याहरु अनगिन्ती रहेकाले निरन्तर याे क्षेत्रमा लाग्नेहरुका लागि राज्यस्तरबाट विशेष ब्यवस्था हुनुपर्ने वताउनुभयाे ।

प्रेस काउन्सिलका बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलमा आएर यसरी पत्रकार महिलाहरु बिना झन्झट आफ्ना समस्याहरु खुलस्त पारेकाले अत्यन्तै खुसी लागेकाे धारणा ब्यक्त गर्नुभयाे । सम्पादक/प्रकाशक सम्झना बन र रमा वलीले मागहरू तत्काल सम्बोधन गर्न आवश्यक कदम चाल्न जरुरी रहेको बताएका थिए । सम्पादक कल्पना शर्माले पत्रकार महिलाका विषयमा राज्य गम्भीर हुनुपर्ने र संरक्षण गर्न अग्रसर हुनुपर्ने धारणा राख्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय