वीरगन्ज,२० कार्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी बाराका नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुमा लोसपाका केन्द्रिय सदस्य सर्फुल्लाह अंसारी , युवा नेता सन्तोष यादव , जिल्ला सहसचिव शम्भु गुप्ता , जिल्ला सदस्य अमोद यादव , प्रहलाद पुप्ता सहितका २० जना भन्दा बढि नेता कार्यकर्ताहरु छन ।
उनीहरु जसपा पार्टी कार्यालय बालकुमारीमा जसपाका अध्यक्ष उपेन्द्र यादव संग टिका लगाएर पार्टी प्रवेश गरेका हुन ।
मधेश आन्दोलनमा अग्रणी भुमिका खेलेका यी युवा नेताहरु विगत लामो सयम देखि लोसपाका नेतृत्वहरु संग असन्तुष्ट रहेकाले चुनावको मुखमा जसपा प्रवेश गरेका हुन ।
पछिल्लो समय लोसपाका अधिकांश नेता कार्यकर्ता एमाले , कांग्रेस र जसपा पार्टीमा प्रवेश गर्दै आएका छन ।