वीरगंज २२ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा कार्यरत प्रहरी हवल्दार राम विश्वास यादवले पर्सा बाराको सिमा नाकामा आतंक मचाएका छन । सिमा क्षेत्रमा अवैध माल समान ओसार पोसार गर्ने तस्करहरु संग अख्तियारमा कार्यंरत छु धाक देखाउदै महिनावारी असुल्दै आएका छन । प्रहरी हवल्दार यादवले सिमा नाकामा खटेका सशस्त्र प्रहरी देखी नेपाल प्रहरीका जवानहरुलाई अख्तियारको धाक देखाउदै सरुवा गराईदिन्छु भन्दै हपकाउदै आएको एक जना प्रहरीले नाम नछाप्ने सर्तमा बताए ।
वीरगंज महानगरपालिकाको ईनर्वा गाउ, मुख्य भन्सार, छपकैया, अलौ, लगायतको नाकाबाट भन्सार छलि गरी भारतिय कपडा हार्डवेयर, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, खाद्यान्य लगायतका अवैध माल समान ओसार पोसार गर्ने तस्करहरु संग सिमानाकामै पुगी हवल्दार यादवले अख्तियारको नाममा रकम असुल्दै आईरहेको एक जना तस्करले बताए । ईनर्वा गाउबाट कपडाको पोके तस्करी गर्ने महिला र साईकलमा चिनि र आटा लयाउने खुद्रा व्यापरीहरु संग पचास र सयका दरले रकम असुल्दै आएका छन ।
त्यसैगरी बाराको मटिअर्वा, छतवा, बलिरामपुर नाकाबाट कपडा, खसि, बोका, भैसीको तस्करी गर्ने व्यापारीहरु संग पनि सो क्षेत्रमा पुगी अख्तियारको धाक देखाउदै रकम उठाउदै आएको जानकारी प्राप्त भएको छ ।
आफुलाई अख्तियारको हवल्दार बताउदै पर्सा र बाराको सिमा नाकाबाट राजश्व चुहावट गर्ने तस्कर देखी सिमामा खटेका प्रहरीहरुलाई धाक धम्की दिदै संगठनको मर्यादा विपरित आर्थिक संकलन गर्दै हिडिरहेका छन । सो क्षेत्रमा खटने प्रहरीहरुलाई मेरो सशस्त्रको मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगर संग राम्रो छ, सरुवा गराई दिन्छु भन्दै हप्काउदै आएको सो क्षेत्रमा खटने सशस्त्र प्रहरीहरुले दुखेसो पोखेका छन ।
प्रहरीको वर्दि लगाएर अख्तियार दुरुपयोग अनुशन्धान आयोग जस्तो संगठनमा काम गर्दै आएका प्रहरी हवल्दार राम विश्वास यादवले सिमानाकामा अवैध कारोबार गर्ने तस्करहरु संग अवैध रुपमा आर्थिक संकलन गरिरहेकोले सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय