वीरगन्ज,२८ मंसिर ।
पर्सा क्षेत्र नम्बर १ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्व बनमन्त्री प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताउनु भएको छ । स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।
सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन दिनु भएको छ । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उनले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिनु भएको छ । सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै पूर्वमन्त्री यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताउनु भयो । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गर्नु भयो । पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अँझै बढाउन पनि उहाँले सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो ।
यसैविच
वीरगन्जका क्रियाशिल युवा पत्रकार स्वर्गिय नरेश सर्राफको आज १३ औं दिनको पुण्य तिथीमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गरेको छ । महासंघ पर्सा शाखा कार्य समिति सदस्य समेत रहेका सर्राफको १३ औं दिनको पूण्य तिथीमा महासंघको आज सम्पन्न वैठकले अक्षय कोष स्थापना गर्ने निर्णय गरेको हो । स्वर्गिय पत्रकार नरेश सर्राफको १० औं दिनको पुण्य तिथीको अवसरमा रेडियो वीरगंजले पूर्वसहकर्मी समेत रहेका सर्राफको छोरीको पठन पाठनका लागि १ लाख रुपैयाको चेक प्रदान गरेको थियो । रेडियो बीरगंज परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नरेश सर्राफको स्मृतिमा स्थापना गरिने अक्षय कोषमा १० लाख रुपैया दिने, तत्काल परिवारको लागि ४ लाख रुपैया उपलब्ध गराउने र छोरीको लागि वीरगंजको बालिकाले रोजेको विद्यालयमा निःशुल्क पठन पाठन गराउने घोषणा गर्नु भएको थियो । श्रद्धान्जली सभामा पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेसप्रदेश महासचिव श्याम बन्जारा, केन्द्रिय सदस्य केसी लामिछाने , प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी , समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह , प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय