वीरगज,१ पुष ।
बीरगंजमा प्रहरी प्रशासनकै मिलोमतोमा ठूलो परिणाममा खाद्यान्नको तस्करी हुने गरेको प्रमाणित भएको छ । तस्करहरुले ठूलो परिणाममा राजस्व छलि भारतबाट खाद्यान्न भित्र्याउने गरेको प्रमाणित गएराती वीरगजको रानीघाटमा रहेका ४ वटा व्यापारीक गोदामहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले छापामारी गरेर २ सय ८१ किन्टल चामल र मैदा बरामद गरेपछि सिमा क्षेत्रबाट राजस्व छलेर खाद्यान्नको अवैध व्यापार फस्टाएको पुष्टि भएको छ । जिल्ला प्रहरी कर्यालय पर्साले आज एक प्रेस नोट जारी गर्दै राजस्व चोरी गरि बिभिन्न ब्रान्डका चामल आटा मैदा लगायत अन्य समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भंसार बुझाएको जानकारी दिएको छ । पर्सामा सिमामा खटने नेपाल प्रहरी तथा सशस्त्र प्रहरी हुदा हुदै ठूलो मात्रामा चोरी बाटोबाट सामान भित्रिनुले समग्र रुपमा सिंगो विरगंजको सुरक्षामाथी नै प्रश्न चिन्ह खाडा भएको छ । सिमामा व्यापक रुपमा प्रहरी परिचालन गरेपनि ठूलो परिणाममा अबैध रुपमा राजस्व छलेर खाद्यान्न लगायतका सामान भित्रीनुले पर्सामा सुरक्षा चुनौती थपिएको छ । प्रहरी प्रशासनको मिलोमतो विना यति ठूलो परिणाममा सामान भित्रिन नसक्ने हुँदा सिमामा छाडने गोदाममा छापा मारेर नियन्त्रणमा लिने प्रहरीको नौटंकीले वीरगंजमा अझ आर्थिक अपराध बढने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय