वीरगंज । हिमाल बचत तथा ऋण सहकारी संस्था वीरगंजको १५औं वार्षिकोत्सवको सु–अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंको नेशनल मेडिकल कलेज र हिमाल बचत तथा ऋण सहकारी संस्था वीरगंजको संयुक्त सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम संचालन गरिएको जनाइएको छ ।
नेशनल मेडिकल कलेज प्राèणमा सम्पन्न रक्तदान कार्यक्रममा १०८ जना पुरुष एवं ५५ जना महिला सहित १६३ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रिन्सिपल डा. के.एन. सिंहले रक्तदान कार्यक्रमको महत्व दर्शाउँदै हिमाल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेर मानवीय सेवामा समेत उल्लेख्य काम गरिरहेको बताउनुभयो ।
रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका डा. अन्जना के.सी., डा. सुमित्रा दाहाल, डा. संजय कुमार साह, डा. अमित झा, डा. रुपेश चन्द्र यादव, कलेजका विद्यार्थीहरु सुमित यादव, संदिप कुशवाहा, कबिता रेग्मी, मो. अदनान सिद्दीकी, रुपेश कुमार साह, अभिषेक कुमार यादव लगायतले रक्तदान गरेका थिए ।
सो अवसरमा नेशनल मेडिकल कलेजकी हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ, मार्केटिङ डाइरेक्टर शहनवाज अन्सारी, प्रवक्ता सेराज अहमद लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय