बिरगंज – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका व्यक्तिको रेलले किचेर ज्यान गएको प्रहरीको भनाइ छ । रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर लिकमा खसेका ती व्यक्तिको ज्यान गएको नेपाल रेल्वे महाप्रबन्धक निरञ्जन झाले पनि पुष्टि गर्नुभएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय