वीरगंज,१४ पुस ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको प्रमुख अतिथित्वमा सम्पन्न कार्यक्रममा पुर्व सांसद अजय दिवेदि, प्रदेश सभा सदस्य रहबर अंसारी, पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चौरसिया लगायतकाले आफनो मनत्व्य राखेका थिए ।

कार्यक्रममा कलेजका बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै सो अवसरमा अस्पतालमा जडान गरिएको एम.आर.आई मेसिनको पनि उद्घाटन गरिएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीले जानकारी दिए ।कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीको अध्यक्षता रहेको उक्त कार्यक्रममा अतिथिको रुपमा पुर्व सांसद अजय द्विवेदी, प्रदेश सभासद रहबर अंसारी, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, कृष्ण कटवाल, भारतिय दुतावासका, तरुण कुमार, कलेज व्यवस्थापन बाट प्रबन्धक निर्देशक बसरुदीन अंसारी, एकेडेमी डायरेक्टर नुसरत जहान अंसारी, होस्पिटल डायरेक्टर इसरत जहान अंसारी, एकेडेमी डायरेक्टर आबिद हुसैन अंसारी पत्रकार महासंघ, पर्साका अध्यक्ष अनुप तिवारी, पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा लगायत अन्य पत्रकारहरुको समेत उपस्थीती रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय