वीरगन्ज ,१९ पौष ।
स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगन्जका पत्रकार महेश दासलाई प्रदान गर्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले पत्रकार दासलाई स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार दिने निर्णय गरेको हो ।
विगत लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई यो पुरस्कार दिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले जानकारी दिए ।
उनका अनुसार यो पुरस्कार बर्सेनी माघ १ गते वितरण हुदै आएको छ । पत्रकार दास एभिन्युज मधेस प्रदेशका प्रमुख छन् ।
यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव , सत्रुघन नेपाल , केसी लामिछाने , महेशचन्द्र गौतम , श्याम बन्जारा , ओमप्रकाश खनाल ,ध्रुव साह ,बिजय भण्डारी , प्रताप श्रेष्ठ लगायतकाले पाइसकेका छन ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष युवराज खड्का , कोषाध्यक्ष सन्जीव मिश्रा लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय