वीरगंज, माघ ६ । लायन्स क्लब इन्टरनेशनल डिस्टिक्ट ३२५ एसको तेश्रो क्याबिनेट मिटिङ वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजको होटल भिष्वामा सम्पन्न भएको तेश्रो क्याबिनेट मिटिङ तथा सम्मान कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एसका गर्भनर लायन अमर बहादुर श्रेष्ठले देशका विभिन्न स्थानमा लायन्सका लिडर तथा अन्य विभिन्न क्लवहरुले गरेको कामको गतिविधिहरूबारे चर्चा गरेका थिए ।
गर्भनर श्रेष्ठले सो अवसरमा आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लायन्सको अभियानमा सहयोग गर्ने एवं निस्वार्थ रुपमा सेवा गर्नेहरुलाई पुरस्कृत गर्दै आफु सधै लायन्सको अभियानमा लागिरहने बताए । सबै लायन्सकर्मीहरुको साथ र सहयोगप्रति उनले आभार समेत प्रकट गरे ।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्ताईएका लायन्स क्लब इन्टरनेशनलका आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक्ट गभर्नर अमर बहादुर श्रेष्ठको सफल नेतृत्वले नेपालका सबै लायन्सलाई गौरव महसुस गर्ने वातावरण बनेको बताउँदै सर्भिस, फेलोशिप र लिड़रशिपमा घेरै कार्यहरु सम्पादन गर्न सफल डिष्ट्रिक्ट ३२५ एसले उत्साहका साथ काम गरिरहेकामा गभर्नरको खुलेर प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस अन्तर्गत रहेका क्लबहरुले गरेका कामको उत्कृष्टताका आधारमा क्लबका पदाधिकारी एवं उत्कृष्ट क्याबिनेट अफिसरहरुहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित सबैलाई लायन्स क्लव .डिस्ट्रिक्ट ३२५ एसका गर्भनर अमर बहादुर श्रेष्ठल र लायन्स क्लब इन्टरनेशनलका आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले सम्मान पत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवाल, पुर्व गभर्नरद्वय लायन डा. आर.पी. खेतान, लायन शम्भु नकर्मी, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, द्वितीय भाईस डिस्ट्रिक्ट गभर्नर लायन तासी डोल्मा तुङबाहाम्फे लगायतका अतिथिहरुले आ–आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बाल कुमार पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय