वीरगञ्ज,१८ माघ ।
वीरगन्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दैै महानगरपालिकाको वडा नम्बर १४ प्रिपा स्थित सडकको नामाकरण तथा अनावरण कार्यक्रम स्थगीत भएको जनाएको छ । वीरगञ्ज महानगरपालिकाले पिप्रा स्थित नवनिर्मित लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरणका लागि बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा उद्घाटन तथा अनावरण गराउने तय गरेको थियो । तर बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर , पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । माघ १९ गते बिहीबार वीरगनञ्ज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको सडक नामाकरण अनावरण कार्यक्रम हाललाई स्थगीत गरिएको सुचनामा जनाइएको छ । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूतलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हाललाई उक्त कार्यक्रम स्थगीत गरिएको बताउनुभयो । उहाले यस बारेमा सरोकारवालासंग परामर्श गरेर पुनः कार्यक्रम आयोजना गरिने समेत जानकारी दिनुभयो । यसैविच सडकको नामाकरणको विषयलाई लिएर सामाजिक संजाल लगायत विभन्न संचार माध्यममा सर्मथन र विरोधका सामाचार सार्वजनिक भएसँगै राजदुत नविन श्रीवास्तव विवादमा पर्ने देखेर कार्यक्रममा आफू उपस्थित हुन नसक्ने जनाएपछि महानगरपालिकाले कार्यक्रम स्थगित गरेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय