बीरगंज, २२ माघ ।
पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय कुमार चौरसियाले वीरगञ्ज–१४ पिपरास्थित लिंक रोडलाई महात्मा गान्धी रोड नामाकरण गरिन स्वागतयोग्य भएको बताउनुभएको छ । अहिंसाको आन्दोलनबाट समुदायलाई निरन्तर शान्ति र एकतातर्फ डोहोर्याउने गान्धीको नामले सडक नामाकरण गरिनु प्रशंसायोग्य भएको उहाँले बताउनुभयो ।
जगतगुरु श्री रविदास जयन्तीको अवसरमा पर्सागढी नगरपालिका – ८ स्थित हरपुर टाडी टोलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समुदायका लागि सत्कर्म गर्नेहरुलाई देशको सिमानाले छुट्टयाउने नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“समुदायको निर्माणमा एक इट्टा थप्ने व्यक्तिको योग्दान पनि प्रशंसायोग्य हुन्छ, गान्धीले त विश्वलाई अहिंसा र सत्यको पाठ पढाएका छन्”। विश्वलाई अहिंसा र सत्यको मार्गमा हिँड्न प्रेरित गर्ने गान्धीको सम्मानमा विश्वका ८० वटा देशमा शालिक निर्माण गरिएको उदहरण दिनुहुँदै उहाँले वीरगञ्जमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिनु गौरवको विषय भएको बताउनुभयो । उहाँले सामाजिक विकृतिका विरुद्ध निरन्तर चेतनाको सञ्चार गर्नुभएका जगतगुरु रविदास, कविरदास र गान्धीहरुबाट समुदायले प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।
“विश्वका ८० वटाभन्दा बढी देशमा गान्धी शालिक छ, भारतको पटनामा वीपिको कोइरालाको शालिक छ, भारतकै बेत्तियामा गोपालसिंह नेपालीको शालिक र चोक छ, वीरगञ्जमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिँदा विरोध गरिनुहुँदैन, यो गौरवको विषय हो” उहाँले भन्नुभयो । सडक नामाकरणको विरोध गर्नेहरुले गान्धीको दर्शन र महत्व बुझ्नुपर्ने उहाँले बताउनुभयो । त्यसै गरी वक्ताहरुले यस्ता नामाकरण र कार्यहरूले वीरगन्जलाई अन्तराष्ट्रिय पहिचान दिलाउनमा पनि सहयोग पुग्नेछ भनेर तर्क राखेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य श्याम पटेल, क्षेत्रीय सभापति मो. सहाबुद्दीनलगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय