वीरगञ्ज, ५ चैत्र । चितवनको नारायणघाटमा शनिबार सम्पन्न नेपाल औषधी तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) को २८ औँ केन्द्रीय राष्ट्रिय महाधिवेशनले सङ्गठनको लागि नयाँ नेतृत्व चयन गरेको छ ।

चैत्र ३ र ४ गते भएको महाधिवेशनले श्याम मण्डलको अध्यक्षतामा सर्वसहमतीले ११ सदसिय नयाँ नेतृत्व चयन गरेको हो ।

मण्डल अध्यक्ष रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धूर्व प्रसाद बुढाथोकी, उपाध्यक्षमा मनोज साह र मिन साह, महासचिवमा निरज पन्त, सचिवमा जीवन ज्ञावाली, दुपेन्द्र रिजाल र नरेन्द्र कुशवाह, कोषाध्यक्षमा हिरण्य प्रसाद लुँईटेल र सह-कोसाध्यक्षमा सुभाष कुमार गुप्ता रहेका छन् ।उपाध्यक्षमा निर्वाचित मनोज साह र सचिवमा निर्वाचित नरेन्द्र कुशवाहा वीरगञ्जका स्थानीय निवासी हुन् ।

महाधिवेशनमा देशभरका १४ एकाईबाट पाँच सय प्रतिनिधिले सहभागिता जनाएको निवर्तमान अध्यक्ष अनिल दाहालले जानकारी दिए । २५ सदसिय कार्यसमितिका लागि प्रत्येक एकाईबाट एक/एक जना सदस्य चुनिने दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय