वीरगन्ज ,१८ जेठ ।
पर्साको पकाहामैनपुर गाँउपालिकाका स्थानीय युवाहरुले विभिन्न १४ बुंदे माग राख्दै पालिकामा बिहिबार ज्ञापनपत्र बुझाएका छन ।
चालु आर्थिक बर्ष ०७९ ÷०८० सक्नै लाग्दा पालिकामा के कस्ता विकाश निर्माण लगायतको कार्य भएको बारेमा जानकारी लिन माग राख्दै युवाहरुले ज्ञापनपत्र बुझाएका हुन ।
उनीहरुले प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहालाई ज्ञापनपत्र बुझाउन पुगेको तर उनी उपस्थित नभएपछि योजना प्रमुख सुधान्सु शेखर प्रसादलाई ७ दिनको अल्टिमेटम दिदै ज्ञापनपत्र बुझाएईको युवा राकेश यादवले बताए ।
उनका अनुसार पालिकामा कुन तरिकाबाट के कति कर्मचारी नियुक्ति गरिएको हो त्यसको बारेमा जानकारी ,पालिकाको कार्यालयमा शौचालय हुँदाहुदै पनि अर्को शौचालय बनाउनुको औचित्य तथा बजेट व्यवस्थापन गरीएको शिर्षक तथा निर्णय पनि माग गरेका छन ।
पालिकाले कुल इन्धन खर्च निकासा तथा कुन कुन महिनामा कति खर्च गरेको छ त्यसको विवरण पनि माग गरीएको उनले बताए । पालिकाले सूचना तथा सञ्चारमा, पत्रपत्रिकामा के कति खर्च गरेको विवरण उपलब्ध गराउन माग गरीएको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै पालिकाको कार्यालय यहाँ हुदाहुदै पनि सदरमुकाममा सम्पर्क कार्यालयको नाममा सम्पूर्ण आर्थिक कारोबार गर्नुको औचित्य तथा आवश्यतmा खुलाउन माग राखेका छन ।
जिन्सी शाखाबाट के कति सामान खरीद, वितरण तथा वाकी रहेको जिन्सि मौज्दातको अवस्थाको विवरण माग गरीएको छ ।
यस्तै दिवा खाजाको विवरण तथा विधालयमा कति विद्यार्थीले खाजाको खादै आएको विवरण ,पालिकामा इन्जिनियर हुदाँ पनि बाहिर बाट अर्को इन्जिनियर ल्याउनुको कार्यालिकाबाट भएको निर्णयको निस्सा र पालिकाको जेसिबिको आम्दानी तथा खर्चको विवरण तथा गाउँपालिकाको खातामा जम्मा गरीएको रकमको निस्सा माग गरेका छन ।
पालिका अन्तर्गतको विभिन्न स्थानमा ग्रेवलको काम भएको योजनाको विवरण तथा मर्मत गरीएको खर्चको विवरण र हिउँदे गाउँसभा पश्चात रेडबुक सार्वजनिक नगरीएको कारण तथा गाउँ सभाबाट पारित भएको योजना के कति कार्यादेश दिइएको तथा कति बाँकि रहेको योजनाहरुको विवरण माग गरीएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times