बिरगंज १९ जेठ ।
बिरगंज महानगरपालिकाको रानिघाटस्थित रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) राजाराम कुशवाहामाथि गम्भीर आरोप लागेको छ । उनले अनधिकृत रुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरूबाट महिनावारी रुपमा रकम असुली गर्दै आएका छन्। यसका साथै, कुशवाहाले अलौ नाकाबाट भन्सार छली गरि ल्याइएको सामान रानिघाट हुँदै बिरगंज बजारसम्म तस्करी गर्नेहरूबाट पनि खुलेआम रकम उठाउने गरेको जनाइएको छ।

स्थानीय स्रोतका अनुसार, कुशवाहाले घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरूलाई संरक्षण दिएर प्रतिमहिना ठूलो रकम असुल्ने गरेका छन्। तस्करीका मालसामानको कारोबारमा समेत उनको संलग्नता देखिएको छ, जसमा उनले व्यापारीहरूसँग खुलेआम रकम असुली गर्ने गरेका छन्।

स्थानीयहरूले बताए अनुसार,प्रहरी चौकी रानिघाटको एरियामा चार ओटा घरेलु मदिरा उत्पादन गर्ने भटी रहेको छ र ती भटीहरुबाट असइ कुशवाहाले बीस हजारका दरले महिनावारी लिने गरेको भटी संचालक लामाले बताए । घरेलु मदिरा उत्पादन र विक्रीमा संलग्न व्यक्तिहरूले प्रहरी चौकीलाई नियमित रूपमा मासिक रकम बुझाउँदै आएका छन्। यसले गर्दा अवैध घरेलु मदिरा उत्पादन र विक्रीमा कुनै रोकावट नभएको र यसको व्यापार खुल्ला रूपमा चलिरहेको छ। यो गम्भीर आरोपहरूको छानबिनका लागि सम्बन्धित निकाय जिल्ला प्रहरी कार्यालय पर्साले तत्परताका साथ कदम चाल्न आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय