**वीरगञ्ज, २३ पर्सा** ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हिजो मंगलबार दिउँसो १६:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१५ बाईपास सडकखण्डमा संकाष्पद रुपमा हिँडिरहेको एक व्यक्तिलाई हुण्डीको रकम सहित पक्राउ गरेको छ। भारत बिहार राज्य पूर्वी चम्पारण रक्सौल वडा नं.२० टुम्हरियाटोल बस्ने २९ वर्षीय बबलु राज रौनियारलाई प्रहरीले पक्राउ गरेको हो।

रौनियारलाई पछाडि बोकेको कालो झोलामा लुकाएको स्रोत नखुलेको नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिइएको छ।
झोलामा निम्न रकम फेला परेको छ:

– नेपाली रुपैयाँ १००० दरका ४१५ थान नोट (रु.४,१५,०००)
– नेपाली रुपैयाँ ५०० दरका ३४० थान नोट (रु.१,७०,०००)
– नेपाली रुपैयाँ ५० दरका १०० थान नोट (रु.५०,०००)

जम्मा रकम रु.५,९०,००० (पाँच लाख नब्बे हजार) सहित बबलु राज रौनियारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय