पर्सा, असार ७ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नं. २१ हनुमानचोकस्थित एक ट्रकबाट प्रतिबन्धित लागु औषध सहित तीन जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई असार ६ गते साँझ १८:२५ बजे रोकी तलासी गर्दा चालक बस्ने सिट पछाडिको सिटमुनी दुई वटा मलको बोरा भित्र लुकाईछिपाई राखिएको Onerex 100ml को २२२ बोत्तल फेला पारेको थियो।

पक्राउ परेका अभियुक्तहरूमा मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं. ७ का ३२ वर्षीय अजय रोक्का, ३० वर्षीय दिपेन्द्र अधिकारी र पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २ का १९ वर्षीय विकाश सर्राफ रहेका छन्। उनीहरूलाई असार ६ गते नै पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाइ पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक भारतीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय