बिरगंज, असार ८ – मधेस प्रदेश ज्येष्ठ नागरिक महासंघ, बिरगंजले शनिबार होटल पुजनमा ज्येष्ठ नागरिक हक अधिकार सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पर्सा क्षेत्र नं. ४ “क” का प्रदेश सांसद शंकर चौधरी प्रमुख अतिथि रहेका थिए।

छलफल कार्यक्रममा ज्येष्ठ नागरिक संघ, पर्साका अध्यक्ष जगदीश शर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवी, र ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकहरूको हक अधिकार र उनीहरूको जीवनस्तर उकास्ने उपायहरूको चर्चा गर्नु थियो।

प्रमुख अतिथि चौधरीले ज्येष्ठ नागरिकहरूको सम्मान र सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकारले गरिरहेका प्रयासहरूको चर्चा गरे। उनले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा, र आर्थिक आत्मनिर्भरता बढाउन आवश्यक नीतिहरू निर्माण र कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

ज्येष्ठ नागरिक संघ, पर्साका अध्यक्ष शर्मा लगायतका वक्ताहरूले ज्येष्ठ नागरिकहरूको विभिन्न समस्याहरू र तिनको समाधानका उपायहरूबारे आफ्ना धारणाहरू प्रस्तुत गरे। सहभागीहरूले ज्येष्ठ नागरिकहरूको हक अधिकारको संरक्षणका लागि समुदाय स्तरदेखि प्रदेश सरकारसम्म समन्वयको आवश्यकतामा जोड दिए।

कार्यक्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता, र उनीहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमहरूको आवश्यकता बारे गम्भीर छलफल गरियो। उपस्थित सदस्यहरूले विभिन्न सिफारिसहरू प्रस्तुत गरेका थिए, जसलाई संघले नीतिगत सुधारका लागि सम्बद्ध निकायमा पु¥याउने प्रतिबद्धता जनाएको छ।

छलफल कार्यक्रमले ज्येष्ठ नागरिकहरूको मुद्दालाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय