बिरगंज १८ असार ।

पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाको प्रसौनी भाटा सँगै टाँसिएको भारतीय सिमानाकाबाट अहिले तस्करी मौलाएको छ। भारतीय शहर भेलाही रक्सौलबाट कपडा, खाद्यान्न, काजु-किसमिस, इलेक्ट्रोनिक पार्ट्स, हार्डवेयरको पार्ट्सलगायतका सामानहरू तस्करहरूले सिमानामा खटेका सशस्त्र प्रहरीको मिलेमतोमा नेपालतर्फ सहज रूपमा भित्र्याइरहेका छन्।

 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (BOP) प्रसौनीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलको ग्रीन सिग्नलमा तस्करी भइरहेको स्रोतहरूले बताएका छन्। तस्करहरूले BOP प्रमुख प्रकाश भुजेललाई लाखौं रुपैयाँ महिनावारी बुझाएर तस्करी लाइन जारी राखेका छन्।

सशस्त्र प्रहरी बोर्डरको सुरक्षामा खटिएको प्रहरीले संगठनको मर्यादाविपरीत राजस्व चुहावट गर्ने तस्करहरूको चंगुलमा आर्थिक लाभ लिएर सिमानाबाट अवैध कारोबारलाई बढावा दिएका छन्। यसले गर्दा सीमावर्ती क्षेत्रका बासिन्दाहरूमा सुरक्षा सम्बन्धी चिन्ता बढेको छ भने सरकारी राजस्वमा ठूलो घाटा भइरहेको छ।

सरकार र सम्बन्धित निकायहरूले यस विषयमा गम्भीर रूपमा ध्यान दिनु आवश्यक छ ताकि सीमावर्ती क्षेत्रहरूमा सुरक्षाको प्रत्याभूति हुनुका साथै अवैध तस्करीलाई नियन्त्रणमा ल्याउन सकियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय