काठमाडौ २ साउन ।
आज खानेपानी मन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइससहितको प्रतिनिधि टोलीबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ। मन्त्रालयमा भएको यस भेटघाटमा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरूको बारेमा छलफल भएको थियो।
खानेपानी मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगति बारेमा विशेष जानकारी लिनुभएको छ। भेटघाटमा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको संभावनाबारे विस्तृत छलफल भएको थियो। मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।