बिरगंज ७ भदौ ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेट नजिकै प्रहरीले ८०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा सहित एकजनालाइ पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दीपक भारतीका अनुसार, प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले संकास्पदरूपमा पैदल हिंडिरहेका उमेश थिङ्गलाई रोक्दा उनको साथबाट उक्त लागुऔषध बरामद भएको हो।
जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२, अमलेखगञ्ज निवासी १९ वर्षीय उमेश थिङ्गलाई चेकजाँच गर्दा, उनले बोकेको निलो रङ्को झोलामा ८०० ग्राम गाँजा लुकाईछिपाई राखेको फेला परेको थियो। उनलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।