वीरगंज, २५ भदौ । नेशनल मेडिकल क्लेजको मनोचिकित्सा विभागले को आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर २०२४)आत्महत्या रोकथाम बारे संवाद गरौं,द्धष्टिकोण बदलौ कार्यक्रम नेशनल मेडिकल क्लेजमा सम्पन्न भएको छ ।
आत्महत्या रोकथाम बारे संवाद गरौ,द्धष्टिकोण बदलौं कार्यक्रम नाटकिय माध्यमद्धारा दर्शाइएको थियो । नाटकले तनाव,डिप्रेसन,चिंताले मानिसले आत्महत्या गरिरहेका छन त्यस बारे सचेतना फैलाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतिको रुपमा रहेको छ । नेपाल सरकारको तथ्याङ्क अनूसार आर्थिक वर्ष २०७८/०७९ मा ६,८५० व्यक्रिले आत्महत्यामा ज्यान गुमाएका छन । विश्व स्वास्थ्य सङ्गठनका अनूसार संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्यूको दोस्रो कारण हो । ९० प्रतिशत भन्दा बढी आत्महत्या मान्सिक स्वास्थ्य समस्याका कारणले हुने गर्दछ । हाम्रो देश नेपालमा सबैभन्दा बढी व्यक्तिले झुन्डेर आत्महत्या गरेका छन भने दोस्रो स्थानमा विष खाएर आत्महत्या गर्नेको संख्या रहेको छ । यस्को निराकरण गर्न अत्यन्त जरुरी रहेको बताउदै अगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराईन ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारीले यस नाटकले हामीलाई धेरै कुराहरुको पाठ सिकाएको छ । चाहे जुन पनि प्रस्थिति किन नहोस आत्महत्या गर्नु हुँदैन । समस्या सबैकोछ तर त्यो समस्या सँग लड्नुको सट्टा आत्महत्या गर्नु यो कायरपन हो । समस्या सँग लडेर आएका व्यक्ति जिवनमा कहिले पछाडि प्रदैन त्यसैले आत्महत्या गर्नुको साटो त्यस समस्या सँग लड्ने वातावरण बनाउनु पर्दछ । त्यस्तै विशिष्ठ अतिथिमा प्रध्यापक डा.के.एन.सिहँ., नर्सिङ्ग निर्देशक प्रध्यापक गंगा गुरुङ्ग, अतिथिमा नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रध्यापक कबिता पाठक, प्रध्यापक जफर आलम लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नाटकिय कार्यक्रममा प्रमुख भूमिका आमा बनेकि कृति पौडेल, बुवा बनेका दिक्क्षा आचार्य, छोरि बनेकि करुण नेपाल र छोराको भूमिकामा अरनित बिश्वकर्माको रहेको थियो । यो कार्यक्रम डा.राम प्रकाश शाह (मनोचिकित्सक) को अध्यक्षतामा सम्पन्न भएको थियो ।