वीरगंज २ असोज ।
छालामा आएको कपाल, कोठी तथा ट्याटु हटाउनका लागि वीरगंजमै पहिलो पटक अत्याधुनिक उपकरणसहितको स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा आएको छ ।
वीरगंजको घण्टाघर नजिक संचालनमा आएको सेन्टरको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको छ ।
उहाँले सेन्टरबाट प्रदान हुने गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा वीरगंजवासीले प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।
नयाँ नयाँ व्यवसाय संचालन हुनुले आर्थिक अवस्था चलायमान बनाउने भन्दै उहाँले युवा पुस्ता नविनतम कार्यमा जुट्नु खुसीको कुरा भएको पनि बताउनु भयो ।
सेन्टरमा अहिलेसम्म वीरगंजमै उपलब्ध नरहेका सेवाहरु
हाइड्रा फेसियल, ट्याटु रिमुभर, हेयर रिमुभर, कार्बन लेजर, मोल (कोठी) रिमोभर सेवा उपलब्ध रहेको संचालक आरपी जयसवालले जानकारी दिनुभयो ।
यसका साथै आफूहरुले चाँडै नै सिओटु लेजर सेवा समेत उपलब्ध गराउने तयारीमाजुटेको पनि बताउनुभयो ।
शुक्रबारका दिन १ सय रुपैयाँमै ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै उहाँले सेवाग्राहीलाई सबै खाले लेजर सेवामा ३० प्रतिशत छुट दिने पनि बताउनु भयो ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, डा. स्मिता झा
डा.स्वाती साह लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times