वीरगन्ज,४ असोज ।
वीरगन्जमा आज एक कार्यक्रमको बिच “ मुरिद तेरा ” हिन्दी गीत सार्वजनिक भएको छ । वीरगन्ज कै कलाकारहरुले बनाएको “मुरिद तेरा” हिन्दी गीतलाई कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले सार्वजनिक गरेका हुन ।
वीरगन्ज विर्तामा रहेको स्मोकी हाउसमा वडाअध्यक्ष परागले स्क्रीनमा प्ले गरेर गीतलाई सार्वजनिक गरेका थिए । गीतलाई सार्वजनिक गर्दै वडाअध्यक्ष परागले पछिल्लो समयमा लोप हुदै गएको संगीत र संगीतकारहरु बिच आशा र कलाकारहरुमा संगीतमा लग्नशीतला देखाएको छ ।


उनले यो गीतमा हिन्दी र नेपालीको समिश्रणले अत्याधिक राम्रो देखिएको टिप्पणी गरे । यस क्षेत्रका कलाकारहरुको सम्मान र आधारभुत आवश्यकता पुरा हुन नसकेकाले दुख व्यक्त गरे ।
उनले कलाकारहरुको सम्मान र आधारभुत आवश्यकताहरुलाई पहल गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरे । कार्यक्रममा सहभागीहरु स्थानीय कलाकारहरुले हिन्दीमा बनाएको गीत अत्याधिक राम्रो र प्रशंसा गर्न योग्य रहेको सुनाएका थिए ।
गीतमा वीरगन्जका लोकप्रिय युवा गायक सदाम हुसेनले संगीत भरेका छन । भने वीरगन्ज कै युनिक आजम र निलम भट्टले अभिनय गरेका छन ।
गीत सार्वजनिक कार्यक्रममा समाजसेवी डा.सुष्मा तिवारी , प्रकाश थारु , शिक्षक सुलभ केसी , शिक्षक मार्टिन मोक्तान ,युवा नेता ओमप्रकाश सरार्फ , युवा अभियन्ता देवेश गुप्ता , पत्रकार तिवारी यादव , कलाकार अशोक प्रधान , भोजपुरी गायक सुनिल पंडित लगायतकाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय