वीरगन्ज ,१६ असोज
वीरगन्ज लेडिज सर्कल –३ का महिलाहरुले जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा निर्माण गरिदिएको स्तनपान कक्षको बुधबार उद्घाटन भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा निर्माण भएको स्तनपान कक्षको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले गरेका हुन ।
यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा निर्माण भएको स्तनपान कक्षको उद्घाटन पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले गरे ।
दुबै कार्यालयमा करिब एक लाखको लागतमा निर्माण भएको स्तनपान कक्षमा काम बिशेषले यी कार्यालयमा आउने महिलाहरुले प्रयोग गर्ने वीरगन्ज लेडिज सर्कल –३ का अध्यक्ष खुश्बु सिंघानयाले जानकारी दिईन् ।
उनका अनुसार दैनिक रुपमा विभिन्न कामको शिलसिलामा दुबै कार्यालयमा आउने महिलाहरुले बसेर बालबालिकालाई दुध खुवाउन देखि महिनावारी भएको बेला पर्ने समस्या र प्याड परिवर्तन सम्म गर्न सक्नेछन ।
जिल्ला कै बढि चाप हुने यस कार्यालयहरुमा आउने महिलाहरुले स्तनपान पनि गराउन समस्या भएको देखिएपछि अब यस्ता कक्ष बनाएर महिलाहरुलाई सुबिधा उपलब्ध गराईएको अध्यक्ष सिंघानियाले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय