
पर्सा, माघ १६ – पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा बेवारिसे सालको काठ बरामद गरेको छ। प्रहरी चौकी बडनिहारबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका वडा नं. ३ स्थित झाडीमा लुकाइ राखिएको अवस्थामा सालको गोलिया काठ फेला पारेको हो।
प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर राईको कमाण्डमा खटिएको टोलीले करिब ६ फिट लम्बाइ र ४.५ गोलाइको सालको काठ बरामद गरेको छ। बेवारिसे अवस्थामा भेटिएको उक्त काठको स्रोत र संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
पर्सा जिल्लामा अवैध रूपमा काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको अनुमान गर्दै प्रहरीले नियमित गस्ती बढाएको छ। यसअघि पनि विभिन्न स्थानहरूबाट बेवारिसे अवस्थामा रहेको काठ बरामद गरिएको थियो।
प्रहरीले अवैध रूपमा काठ कटान तथा तस्करी गर्नेहरूमाथि कडा निगरानी बढाएको र संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जनाएको छ।