वीरगंज ७ जेठ ।
रोटेक्ट कल्ब आफ वीरगन्ज द्धारा सैनीटेकस्न कार्यक्रम सम्पन्न भएको छ ।वीरगंजको वडा नं ११ मा रहेको श्री राष्ट्रिय माध्यमिक बिद्यालय श्रीपुर वीरगन्जको कक्षा १ देखि कक्षा ४ सम्मका बिद्यार्थीहरुलाई हातधुने तरिका सिकाइएको छ । विद्यालयका २ सय ३० विद्यार्थीहरुलाई क्लबका अध्यक्ष सौरभ साहले हाथ कसरि धुने, कुन—कुन बेला धुने, हाथ धुने फाइदा, हाथ नधुने वेफाइदा जस्ता कुराहरुको बारेमा जानकारी गराएका थिए । साहले विद्यार्थीहरुलाई पानिको महत्व र पानिको प्रयोगको बारेमा समेत जानकारी गराएका थिए । गर्मीयाममा बालबालिकामा हुने एलर्जी तथा झाडापखाला जस्तो समस्या बाट बचाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । रोटेक्ट क्लबका आयुष गुप्ताको संयोजकतामा भएको कार्यक्रममा दीपू बर्णवाल, सौरभ साह, रवि प्रकाश पंडित,लाव चौरसिया, मेनिका गिरी तथा शिक्षक अभिभावकहरुको उपस्तिथि रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times