वीरगञ्ज, १३ कात्तिक ।
कर्तव्य ज्यान (हत्या) मुद्दामा अदालतबाट एक वर्ष कैद र रु.१० हजार जरिवाना तोकिएका फरार प्रतिवादी साहजिम मियाँ अन्सारी पक्राउ परेका छन्।
२०७८ साल बैशाख ३ गते साँझ ५ बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१७ अलौमा दाईजोको विषयलाई लिएर मानसिक तथा शारीरिक यातना दिई वर्ष २२ की रबिना खातुनको कुटपिट गरी हत्या गरेको घटनामा संलग्न अन्सारी फरार रहेका थिए।
फरार रहेका अन्सारीलाई विशेष सूचनाका आधारमा मिति २०८२ साल कात्तिक १३ गते बिहान ८ः३० बजे पर्सा प्रहरीको टोलीले वीरगञ्ज–१७ अलौस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका अन्सारीलाई पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय