लागु औषध विरुद्ध बीरगंजमा बृहत जनचेतनामुलक ¥याली

पढ्न छुटाउनुभयो ?

spot_img
राम कुशवाहा

वीरगंज २२ वैशाख ।
जिल्ला प्रहरी कार्यालयले पर्साले लागु औषध विरुद्धको महाअभियान २०७५ आजबाट शुरु गरेको छ । अभियान अन्र्तगत लागु औषध अपराधको प्रभावकारी नियन्त्रण एवं न्युनीकरणका लागि भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा आज बीरगंजमा बृहत जनचेतनामुलक ¥याली निकालिएको छ । बीरगंजलाई लागु औषध निषेधित क्षेत्र बनाऔं भन्ने नारासहित घण्टाघरबाट निकालिएको ¥यालीमा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, सामुदायिक केन्द्रहरु, नेपाली सेना, नेपाल प्रहरी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । नगरपरिक्रमा पश्चात ¥याली घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, बरिष्ठ प्रहरी उपरीक्षक सुर्य प्रसाद उपाध्यया, प्रहरी उपरीक्षक डा. गणेश रेग्मी लगायतले लागु औषध विरुद्धको अभियानमा लाग्न सबै सरोकारवालालाई आग्रह गरेका थिए ।
यसैबीच, अभियान अन्र्तगत नै पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. १ मा घरदैलो कार्यक्रम गरिएको छ । वडा अध्यक्ष मंगरु राउत गद्दीको नेतृत्वमा स्थानीय बासिन्दा, प्रहरी लगायतको सहभागितमा घरदैलो कार्यक्रम गरिएको हो ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

कुख्यात अपराधी प्रेम गिरि पक्राउ

बिरगंज, ७ जेठ । जिल्ला पर्साको साविक गाविस महुवन, वडा नं. ४, हाल सखुवा प्रसौनी गाउँपालिका वडा नं. ७ महुवन...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img