वीरगंजको खुद्राबजारमा दुई वटा शंकास्दपद बस्तु फेला ः बम रहेको आशंका

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगंज २२ वैशाख ।
बीरगंजको घण्टाघरदेखि जिल्ला प्रहरी कार्यालय आउने बाटोको पश्चिम दक्षिणमा नेपाली सेनाको व्यारेक अगाडि रहेको खुद्राबजारमा आज बिहान दुई वटा शंकास्दपद वस्तु भेटिएको छ । फोहोरको घारीमा रातो कपडाले बेरेर फालिएको अवस्थामा चारपाटे शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजन लिम्बुले जानकारी दिनुभयो । शंकास्पद वस्तु भेटिएसँगै डिस्पोजका लागि नेपाली सेना बोलाइएको प्रहरी प्रवक्ता लिम्बुले जानकारी दिनुभयो । यसैबीच, सो शंकास्पद बस्तु बम भएको आशंका नेपाली सेनाले गरेको छ । यस्तै, बम राखेको आशंका मा दुई जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका दुई जनामाथि अनुसन्धान भइरहेको र आजै नाम सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

कुख्यात अपराधी प्रेम गिरि पक्राउ

बिरगंज, ७ जेठ । जिल्ला पर्साको साविक गाविस महुवन, वडा नं. ४, हाल सखुवा प्रसौनी गाउँपालिका वडा नं. ७ महुवन...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img