पोखरिया, वैशाख २२ – प्रतिनिधिसभा सदस्य (सांसद) हरिनारायण प्रसाद रौनियारले सखुवा पर्सौनी गाउँपालिकाको मुख्य सडक देखि स्वास्थ्य चौकी सम्म अस्पताल रोड बनाउने घोषणा गरेका छन् ।
पर्साको सखुवा पर्सौनी गाउँपालिकाको वडा नं. १ मा नव निर्मित स्वास्थ्य चौकीको उदघाटन गर्दै सांसद रौनियारले यस्तो घोषणा गर्नु भएको हो । उनले स्वश्य सेवाको पहुँच नागरिकको नैसर्गिक अधिकार भएकोले जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधारका निमित्त आफुले संसादमा आवज उठाउने बताए ।
त्यसैगरि रौनियारले बेटी बचाई, बेटी पढाई अभियान सफल बनाउन स्थानीय जनताको सहयोग अपरिहार्य रहेकोले सबैलाई अभियानमा जुट्न आग्रह गरे । रौनियारले अभियानलाई सफल पार्न ११ कक्षामा अध्यनरत सबै छात्राहरुलाई नि:शुल्क साईकल उपलब्ध गराइने समेत घोषणा गरे ।
कार्यक्रममा बोल्दै उनले स्वास्थ्यमा सबैको पहुँचका लागि नव निर्मित स्वास्थ्य चौकीको महत्व धेरै रहेको बताउनु भयो । साथै रौनियारले स्वास्थ्य चौकीका लागि थप पूर्वाधार सहयोग गर्ने समेत घोषणा गर्नु भएको छ ।
स्वास्थ्य चौकीको लागि आफ्नो ८ कट्ठा जग्गा दान गरेका विसाल सहनी (लक्षमण सहनी) र कार्यक्रमका प्रमुख अतिथि सांसद हरिनारायण रौनियारलाई हाथीमा बसाई गाउँपालिका परिक्रमा गराई नागरिक अभिनन्दन समेत गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य मन्जुर अन्सारी, प्रहलाद गिरि, सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, उपाध्यक्ष फुलमती देवी, गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष विषनाथ पटवारी, जिल्ला जन्स्वस्थ्य कर्यालयका राजकिशोर पण्डित, राष्ट्रिय जनता पॉर्त्यका केन्द्रिय सदस्य मोहनलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।