वीरगंज २२ बैशाख ।
“रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ नगवा विकास समिति–१६ वीरगंजले आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरी परिसरमा आयोजित कार्यक्रममा ४ महिला सहित ५८ जनाले रक्तदान गरेका छन् । समितिका अध्यक्ष सुबास कुमार पटेलको सभापतित्वमा भएको कार्यक्रममा मञ्जु देवी, उर्मिला देवी, रम्भा देवी, मोबिना खातुन, सुरेन्द्र पटेल, शैलेन्द्र पटेल, रोशन प्रसाद चौरसिया, सुबास पटेल, अर्जुन पटेल, अनिल सर्राफ, राजन प्रजापति, बौधिमाई क्लोनीका अध्यक्ष रामजिनिस प्रसाद चौरसिया, दिपेन्द्र पटेल, अभिसेख मल्लिक, ओमनाथ गोढ, गणेश साह गोढ, संतोष कुमार यादव, रंजित पटेल, सुमित गुप्ता, दिपक गुप्ता, जितेन्द्र प्रसाद खडगी, दिपक साह कानु, बलिराम महतो, सन्नी मिश्र, कृष्ण पटेल, सुनिल महतो, नरेश पटेल, बृजकिशोर चौरसिया, जयमंगल साह लगायतकाले रक्तदान गरेका छन् । सो अवसरमा वीरगंज महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया, युवा नेता ओमप्रकाश सर्राफ, अशोक पटेल, बाबुनन्द चौरसिया, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक अनिस कर्ण लगायतको विशेष सक्रियता रहेको थियो ।
सो अवसरमा रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक अधिकृत नितेस कुमार साह, अशोक कुमार साह, रिसब अधिकारी, पवन यादव, संदिप कुशवाहा लगायतकाले प्राविधिक सहयोग पु¥याउनु भएको थियो ।