नयाँ शक्ति पार्टी, नेपालले विचार, लक्ष्य र नीति मिल्नेसँग मात्रै एकता

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगंज २३ वैशाख ।
नयाँ शक्ति पार्टी, नेपालले विचार, लक्ष्य र नीति मिल्नेसँग मात्रै एकता र ध्रुवीकरण गर्ने पार्टी नीति रहेको स्पष्ट पारेको छ । नयाँ शक्तिले पार्टी एकताका लागि विभिन्न राजनीतिक शक्तिसँग संवाद थालेको समाचार बाहिर आइरहेका बेला नयाँ शक्तिले एकताबारे धारणा सार्वजनिक गरेको हो । नयाँ शक्तिले राजनीतिक दल र नेतृत्वबीच छलफल भए पनि त्यसको उद्देश्य राष्ट्रिय राजनीतिको भावी कार्य्दिशालाई निर्धारण गर्न मद्दत गर्नु रहेको जनाएको छ । नयाँशक्ति पार्टी, नेपाल निश्चित युगीन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएकाले एकताका लागि नहतारिने नयाँ शक्तिको भनाइ छ । २१ र २२ गते बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै नयाँ शक्तिले ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र समुन्नत समाजवादलगायत ‘५स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानीपुग्ने गरी नयाँशक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुवीकरण, एकता वा विलयको प्रक्रियामा सामेल नहुने भनेको छ ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img