राम कुशवाहा
वीरगंज ११ जेठ ।
वीरगंज स्थित नेशनल मेडिकल कलेजले प्रदेश नम्बर २ मै पहिलो पटक अत्याधुनिक उपकरणहरुको प्रयोग गरि मुटुसम्वन्धि रोगहरुको उपचार सेवा शुरु गरेको छ । क्याथ ल्याब उपकरण मार्फत एन्जियोग्राफि, एन्जियोप्लाष्टि स्टेन्ट जडान गरी सस्तो एवं सुलभ दरमा मुटु सम्बन्धि उपचार शुरु गरिएको नेशनल मेडिकल कलेजले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेशनल मेडिकल कलेजले यहि मिति २०७५÷२÷७ गते देखी २०७५÷२÷१४ गते सम्म मुटुसम्बन्धी एन्जियोग्राफी रु, ६००० ( छ हजार मात्र ) र एन्जियोप्लास्टिक तथा कार्डिएक स्टेन्ट समेत लगाउन रु, १,२०,००० ( एक लाख बिस हजार) को सहुलियत दरमा उपचार भईरहेको नेशनल मेडिकल कलेजका बसरुद्दिन अनसारीले जानकारी दिनु भयो ।
अंसारीले यस प्रदेश नं २ बाहिरका अस्पताल भन्दा हामीले धेरै नै सस्तो दरमा मुटुसम्बन्धी समस्याहरुको उपचार गरिरहेका छौ भन्नु भयो । नेशनल मेडिकल कलेजले अब ह्दय रोग सम्बन्धी सम्पुर्ण उपचार गर्नुका साथै मुटु भित्र रहेको सेल सञ्चालन न भएमा शल्यक्रिया गरि बैट्रि परमानेन्ट पेशमेकर (पिपिम) हाली मुटु पुणःपरिचालन गर्न सकिने समेत व्यवस्था रहेको कार्डियोलोजिस्ट डा. जितेन्द्र कुमार मिश्रले बताए । नेशनल मेडिकल कलेजमा (कैथ ल्याव) द्धारा पहिलो पटक पोटियाही रौतहटकी श्रीमती फतिमा खातुनको सफल एन्जियोग्राफी गरिएको डा. मिश्रले बताउनु भयो । यसैगरी कलेजका पेडियाट्रीक सर्जन द्वारा ३ दिने बालिकालाई शल्यक्रिया गरी सफल उपचार गरीएको डा. प्रमोद सर्राफले पत्रकार सम्मेलनमा बताउनु भयो । भारत बिहार को पूर्वी चम्पारण, जिल्ला मोतिहारी, गाउ“ सिन्हास्नी वडा नं ११ मा बस्ने नितेश प्रसादकी श्रीमती रेखा देवी ले जन्म दिएकी तिन दिने बालिकाको खाने नली र सा“स लिने नलीमा समस्या देखिए पछि उपचार को क्रममा ति शिशुलाई नली र सा“स लिने नली एउटै स्थान मा जोडिएको हुनाले शिशुलाई दुध पिउने समेत समस्या देखिएको थियो ।
बालिकाको शल्यक्रिया गर्ने क्रममा नेशनल मेडिकल कलेजका अनुभवी चिकित्सकहरु द्धारा खाने नली र सा“स लिने नली लाई छुट्टा(छुट्टै स्थानमा राखिए पछि शिशु को अवस्था सामान्य भएको नेशनल मेडिकल कलेजका चिकत्सकहरुले जानकारी दिए । यस्ता शिशुमा देखिने रोगहरुको उपचारको लागी विरामीहरु प्राय भारत तिर जाने वा काठमाण्डौ जाने गर्दथे तर अब नेशनल मेडिकल कलेजमै फिस्टुला लगायत मुटुसम्बन्धी सम्पुर्ण उपचार हुने भएकोले अब वीरगंज बाहिर जानु पर्दैन नेशनल मेडिकल कलेजका एमडी बसरुद्दिन असांरीले पत्रकार सम्मेलनमा बताउनु भयो ।