अनिल तिवारी
वीरगंज ,जेष्ठ २२।
विश्वबातावरण तथा सरसफाइ दिवसको उपलक्ष्यमो नेपाली सेनाले निर्माण गरेको शौचालय विद्यालयलाइ हस्तान्तरण गरिएको छ ।वीरगन्जमा रहेको श्रीचण्डी प्रसाद गणका जवानहरुले निर्माण गरेको चारकोठा भएको शौचालय श्रीहरिहर शर्राफ चम्पादेवी निम्नमाध्यमीक विद्यालयलाइ हस्तान्तरण गरिएको हो । वीरगन्ज महानगरपालीकाको वार्ड नम्बर १५मा रहेको उक्त विद्यालयमा शौचालय नभएकोले विद्यालयमा अध्ययनरत छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुलाइ खुलामैदानमै दिशापिसाब गर्न जानुपर्ने बाध्यता रहेको शौचालय निर्माण गरिए हस्तातरण गरिएको कार्यक्रममा गणपति सृजन बहादुर मल्लले शौचालय हस्तातरण कार्यक्रममा बताउनु भएको थियो ।कार्यक्रमका प्रमुख वीरगन्ज महानगपालीकाका नगर प्रमुख विजय कुमार सरावगीले नेपाली सेनाले सिमा रक्षासंगै समाजसेवामा पुर्याउदै आएको योगदान सराहनिय भएको बताउदै नेपाली सेनाले शौचालय निर्माण गरि विद्यालयलाइ हस्तातरण गर्नु अतिसराहनिय कार्य भएको बताउनु भयो ।उहाले नेपाली सेनाको यस्तासमाजिक कार्यहरुबाट मधेसी जनता र सेनाको बिचको सम्बन्ध अझमजबुत भएर जाने बताउनु भयो ।कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लेखनाथ पौडयाल,पर्साका प्रहरी उपरिक्ष रेवती ढकाल,शस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह ,उपअनुशन्धान निर्देशक टिका प्रसाद पोखरेल,वडाअध्यक्ष गजेन्द्र पटेलले नेपाली सेनाको यस्तो कार्यले मधेसी जनता र नेपाली सेनाबिचको सम्बन्ध सुमधुन हुने धारण राखेका थिए ।बासुदेव प्रसाद सर्राफको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालयमा प्रधानाध्यापक हरिप्रसाद कुर्मिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।