उमेश दुबे
बारा, २९ असार / बाराको फेटा गाउपालिकाका लेखापाल साह घुस लिदा लिदै पक्राउ परेका छन् । लेखापाल साहले घुस लिदा लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको हो ।
बाराको फेटा गाउपालिकामा बिगत केही दिनदेखि भ्रष्टाचारी र मनोमानी बढ्न साथ अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाबाट खटिएको टोलीले लेखापाल सौरभ कुमार साहलाई ३० हजार घुस लिइरहेकै क्रममा पक्राउ गरेको बताइएको छ । फेटा गाउपालिकामा कमिसन र दलालीको कार्य बढ्दै गएपनि प्रमुख समेत मौन बसेका थिए ।
फेटा गाउपालिका कार्यालय भित्र कमिसन र घुसखोरहरुको मात्र काम हुने एक जना स्थानियवासीले जानाएका छन् । स्थानियवासीले जनाए अनुसार गाउपालिकाको कार्यालय भित्र जति खेर गएपनि मात्र कमिसन र दलालीको कुरो हुने गरेको बताए । उहाँले अख्तियार दुरुपयोग अनुसन्धानले गरेको कार्य सराहनीय रहेको बताउनु भयो ।
पक्राउमा परेका लेखापाल सौरभ कुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धानबाट आएको टोलीले बिहिवार पक्राउ गरी लगेको बताइएको छ । यस बिषयमा फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद कलवार संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय