दिपक चौरसीया / वीरगन्ज ७ फागुन
नेपाल चिकित्सक संघ पर्सा नारायणी शाखाको साधारण सभा तथा पदस्थपना कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नारायणी उपक्षेत्रिय अस्पताल स्थित संघको भवनमा आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई गोपनियताको सपथ ग्रहण गराउदै पदस्थापना गराईएको थियो ।
कार्यक्रममा डा. राजेन्द्र खेतान तथा निर्वाचन प्रमुख डा. रामएकबाल चौरसियाले नवनिर्वाचित दश जना पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष डा.अरुण कुमार सिंह, उपाध्यक्ष डा. रमेश घिमिरे, सचिव उदयनारायण सिंह, कोषाध्यक्ष डा. साश्वत प्रसाद तथा सदस्यहरुमा डा. दिलिप चौरसिया, डा. अशोक गुप्ता, डा. अनिल झा, डा. नौसाद हक, डा. गोरखनाथ मिश्रा र डा. फाहाद आलमले सपथग्रहण लिई पदभार सम्हालेका हुन ।
नवनिर्वाचित अध्यक्ष डा. सिंहले चिकित्सकको हकहित तथा संघलाई अझ व्यवस्थित ढंगले लैजान सवैसंग हातोमालो गरी अगाडी बढने प्रतिबद्धता जनाए । उनले भने, सवैलाई एकता र सहकार्यको एकसुत्रमा बाँधेर स्वास्थ्य समाज र देशको विकासमा योगदान पु¥याउने आफनो उदेश्य रहेको छ । आफनै कार्यकालमा संघको जग्गाको व्यवस्था मिलाई आफनै भवन निर्माण गर्ने, वरिष्ठ चिकित्सकहरुको सम्मान गर्दै, समाजमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउने योजना तयार गरेको नवनिर्वाचित अध्यक्ष डा. सिंहले बताए ।
पूर्व अध्यक्ष डा. जगदीश अग्रवाललको सभापतीत्वमा सम्पन्न कार्यक्रममा संघका पूर्व सचिवले डा. राजदेव कुशवाहाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डा. संजय अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times