बीरगंज १३ असार ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आजबाट अस्पताल परिसरभित्रै अस्पतालकै औषधीको फार्मेसी सेवा सुरु गरेको छ । अस्पताल भित्रै सुरु गरिएको फार्मेसी सेवामा बजार मुल्य भन्दा झण्डै २५ प्रतिशत कम मुल्यमा औषधी उपलब्ध गराईने तथा सर्जरीका सामानहरुमा बजार मुल्य भन्दा ५० प्रतिशत भन्दा कम मुल्यमा उपलब्ध हुने अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले बताउनु भयो । यस्तै नेशनल मेडिक कलेजले अप्रेशन गर्ने विरामीहरुलाई सुलभ र गुणस्तरीय रुपमा अप्रेशन गर्न प्याकेजको व्यवस्था गरेको छ ।
अस्पतालले शल्यक्रिया, एन्जीयोग्राफि, हेमोडाईलेसिस, न्युरो सर्जरी, युरो सर्जरी, प्लाष्टिक सर्जरी, कार्डियो भ्याकुलर सर्जरी लगायतका सेवा नेपाल सरकारले दिने सेवा सुविधा सरह शुल्कमा अस्पतालले प्रदान गर्ने प्रबन्ध निर्देशक अन्सारीले बताउनु भयो । अस्पताल भित्र सुरु गरिएको फार्मेसी सेवामा चौविसै घण्टा दक्ष फार्मासिस्ट समेत रहने प्रबन्ध निर्देशक अन्सारीले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times