वीरगंज १६ असार ।
नबिल बैंकमा खाता खोलेका सेवाग्राहि सर्वसाधारणले वीरगंजको गण्डकमा रहेको नारायणी वयोधा अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पताल विच आज भएको सहमति अनुसार नविल बैंकमा खाता रहेका सेवाग्राहि, नबिल बैंकको डेविट, क्रेडिट र प्रिपेड कार्ड लिएका सेवाग्राहि, बैंकको शेयरधनी, बैंकका कर्मचारी र तिनका आश्रीत परिवारले अस्पतालको विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका हुन् ।
नबिल बैंक र अस्पताल विच भएको सहमतिअनुसार बैंकका ग्राहक र बंैक कर्मचारी सहित आश्रीत परिवारले बेड चार्ज, प्रयोगशाला, एक्सरे, मुटुरोग, चिकित्सक सेवा शुल्क र स्वास्थ्य परिक्षणमा १० प्रतिशत छुट पाउने नबिल बंैक वीरगंज शाखाका कर्मचारी शुदर्शन अर्यालले जानकारी दिनुभयो । त्यस्तै उल्लेखीत मापदण्ड पुरा गरेका बैंकका सदस्यले अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा वीरगंज र सिमराको विचमा आवश्यक पर्ने एम्बुलेन्स सेवा समेत निशुल्क पाउने भएका छन् । बैंकले आफ्ना सेवाग्राहि र सर्वसाधारणका लागि विभिन्न समयमा आयोजना गर्ने स्वास्थ्य सचेतना कार्यक्रममा पनि अस्पतालले सहकार्य गर्ने भएको हो ।
सेवाग्राहि सर्वसाधारणको विभिन्न रिस्कलाई सम्बोधन गर्दै आएको नबिल बैंकले सेवाग्राहिको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै यस्तो सम्झौता गरीएको नविल बैंकको वीरगंज शाखा प्रवन्धक नितिन नन्दवानाले जानकारी दिनुभयो । सम्झौतामा अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक डा. रजनिश भारती तथा नबिल बैंकको तर्फबाट प्रदेश नं. २ का प्रबन्धक कृष्ण थापाले हस्ताक्षर गर्नुभएको छ । बाणिज्य बैंकहरुमा अग्रणी भुमीका निर्वाह गरीरहेको नबिल बैंकको मुलुकभर ७९ वटा शाखा, १३३ वटा एटिएम र ३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय