बीरगंज २२ साउन ।
वीरगंजमा प्रहरीको सक्रियताका कारण अवैध रुपमा फस्टाउदै गएको हुण्डीको कारोवारमा कमि भएको छ । पैसाको स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा पर्सामा हुण्डीको कारोवार फष्टाउँदै गएको थियो । यसलाई रोक्न अहिले प्रहरी तथा राजस्व अनुसन्धान कार्यालय सक्रिय भएका छन् । आर्थिक बर्ष २०७५÷७६ मा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई पक्राउ गरी अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ । मुद्दामा १३ जनालाई १ अर्ब ६६ करोड ४ लाख ३७ हजार ६५९ रुपैयाँ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी मिराज शर्माले बताउनु भयो । वीरगञ्ज नगर क्षेत्रमा हुण्डीको कारोवार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय